मनोरञ्जन

पूजा र पुष्प अभिनित किरणको ‘अन्तिम इच्छा’ सार्वजनिक ( भिडियो)

५ फागुन, काठमाडौं । गायक किरण पुन्जले ‘अन्तिम इच्छा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनको यस गीतमा राजेन्द्र वाइबाको शब्द, संगीत र संगीत संयोजन रहेको छ।

पूजा शर्मा र पुष्प खड्कालाई म्युजिक भिडियोमा देख्न सकिन्छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा तयार पारिएको यस भिडियोलाई ‘ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

२०५८ साल देखि आफ्नो संगीत यात्रा सुरु गरेका गायक पुन्जले २०६६ सालमा ुकिरणु नामक एल्बम प्रकाशित गरेका थिए। हाल शास्त्रीय गायनका प्रशिक्षकका रुपमा कार्यरत पुन्जले १२ वर्ष पछि यो म्युजिक सार्वजनिक गरेका हुन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।