समाचार

प्रधानमन्त्री देउवा एमसीसी पास गराउन तीब्र लविङमा, केही बेरमा गठबन्धन बैठक

६ फागुन, काठमाडौं । आज एमसीसी पासलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलहरुको बैठक बस्दैछ ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो अपरान्ह राखेको बैठकमा सहमती जुट्न नसकेपछि आज १० बजे बैठक पुनः बस्न लागेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् ।
बुधबार बिहान प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेता एबम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्ती देउवाले पत्नी डा आरजू देउवालाई पनि लगेका थिए ।
एमसीसी पाल गराउन प्रधानमन्त्ती देउवाले तीब्र लविङ गरेका छन् भने एमाले, माओबादी केन्द्र, एकीकृत समाजबादी दलहरुले एमसीसीलाई बार्गेनिङ पोईन्ट बनाउँदै आएका छन् ।