आर्थिक

महालक्ष्मी विकास बैंंकको स्थगित बीसौं वार्षिक साधारण सभा फाल्गुन १३ गते

९ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंकको बिसौं वार्षिक साधारण सभा तोकिएकोमा गणपुरक संख्या नपुगी स्थगित भएकोमा पुनः १३ गते बस्ने भएको छ ।

यही माघ ०३ मा तोकिएको सभो अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाट आदेश भई सभा स्थगित भएकोमा अन्तरिम आदेश छलफल हुंदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुंदा आगामी १३ गते गर्ने बिषयमा टुंगो लागेको हो ।

बैंकले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘अदालतवाट यही पौष ९ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतवाट आदेश भएको हुंदा साधारण सभा गर्न सकिने अवस्था श्रृजना भएकोले यस बैंकको स्थगित बिसौ वार्षिक साधारण सभा यस बैंककोे मिति २०७८/११/०५ गते बसेको सञ्चालक समितिको ५१६ औ बैठकको निर्णयानुसार स्थगित हुन गएको बीसौ वार्षिक साधारण सभा २०७८ साल फाल्गुन १३ गते शुक्रबार (तदनुसार २५, फेबु्रअरी, २०२२) विहान ११ः०० वजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुनेछ ।’

वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिनेछ ।