आर्थिक

कुमारी जब र फाउन्ड परियोजनाबीच सम्झौता पत्रमा हस्ताक्षर

१२ फागुन, काठमाडौं । फाल्गुन १२ २०७८ अपाङ्गता भएका व्यक्तिहरूको लागि औपचारिक रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यको साथ कुमारी जब र ँइग्ल्म् परियोजना (द लेप्रोसी मिशन नेपालबीच फाल्गुन १२ २०७८मा सम्झौता पत्रमा सहमति भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्येश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् ।
सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, “शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिप्रेक्ष्यमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।”
उनले थप भने, “नेपालमा रोजगारीको क्षेत्रमा योगदान पु¥याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको छ । यो सहमतिले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरु उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने विश्वास गर्दछौँ ।”
यो सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक श्री चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए ।