समाचार

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनन्तनारायणबीच जङ्गीअड्डामा भेट

१२ फागुन, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणबीच आज जङ्गीअड्डामा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचार–विमर्श भएको थियो ।

उक्त भेटवार्ताबाट दुई मुलुकका सेनाबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ । आजै जनरल अनन्तनारायणले कोभिड–१९ विरुद्ध एक लाख मात्रा खोप नेपाली सेनालाई हस्तान्तरण गरेका थिए ।