आर्थिक

सानिमा बैंकका ग्राहकलाई तरकारी भुक्तानी गर्दा क्यास ब्याक अफर

१३ फागुन, काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत QR Code बाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग QR स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम पाँच सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।
ग्राहकहरुले playstore/appstore बाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् ।
सानिमा बैंकको देशभर सातै प्रदेशमा गरी १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
उक्त कुरा प्रमुख निक्षेप व्यवस्थापन रिटेल भावुक तण्डुकारले विज्ञप्ती जारी गरी बताएका छन् ।