१३ फाल्गुण, काठमाडौँ। आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १० प्रतिशत छुट पाउने अफर सार्वजनिक गरेको छ । आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।
स्टोरहरुमा विभिन्न त्तच् प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले Scan Any QR अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण QR : कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ । यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै त्तच् स्कान गरी भुक्तानी गर्न मिल्नेछ ।
साथै प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) पाउँनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट क्ष्म् ले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।