राजनीति

गठबन्धन नतोड्ने तर यथास्थीतमा एमसीसीको पक्षमा मतदान गर्न नसक्ने माओबादी निर्णय

१३ फागुन, काठमाडौ । नेकपा माओबादी केन्द्रले जसरी पनि काँग्रेस नेतृत्वको सरकारको गठबन्धन बचाउन प्रयास गर्ने निर्णय गरेको छ ।
आज बसेको माओबादी केन्द्रको बैठकले यथा स्थीतिमा एमसीसी पास गर्न असमर्थ रहेको निर्णय गर्दै यही अवस्थामा एमसीसी पास गर्न नसक्ने स्पष्ट निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका माओबादी केन्द्र, एकीकृत समाजबादी दलहरुलाई एमसीसीको समर्थनमा मतदान गर्न आग्रह गरिए ।
आज टेबल गरिएको एमसीसीमा संसदमा छलफल गर्ने भनिएपनि आजको बैठक सूचना टाँस गरेर आईतबारका लागि सारिसकिएको छ ।