मनोरञ्जन

आकाशे खेतीको ट्रेलर सार्वजनिक, फिल्म फागुन २७ मा

१३ फागुन, काठमाडौ । यहि फागुन २७ बाट प्रर्दशनमा आएको चलचित्र आकाशे खेतीको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य मुख्य पात्रलाइ समेटेर ट्रेलर तयार पारिएको छ। यो फिल्ममा मेहनत नगरि पैसा कमाउने युवाको कथा प्रस्तुत गरिएको छ । चलचित्रका लेखक निर्देशक उदय सुव्वा हुने् ।
चलचित्र आकाशे खेतीमा गौरव पहारी, निता ढुंगाना, विल्सन बिक्रम राइ, बुद्धि तामाङ, रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, अनुप याक्सो, रजनि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र फागुन २७ गते प्रर्दशनमा आउदैछ ।