राजनीति

डा आचार्यको आह्वान: ‘राजनीतिक–नालायकी’ तुरुन्त बन्द गरौं

१४ फागुन, काठमाडौं । पुर्वाधारबिद एबम् राजनीतिक बिश्लेशक डा सुर्यराज आचार्यले ‘एमसिसी अस्वीकृत गरियो भने नेपाल ठूलो संकटमा फँस्छ’ भन्नु राजनीतिक नालायकी हो भनेका छन् ।
डा आचार्यले सरकार भित्र र बाहिरका जिम्मेबार व्यक्तिहरू ले नै ‘एमसिसी अस्वीकृत गरियो भने नेपाल ठूलो संकटमा फँस्छ’ भनेर जोडतोडले प्रचार गर्नेहरूलाई पुर्वाधारबिद एबम् राजनीतिक बिश्लेशक डा सुर्यराज आचार्यले कटाक्ष गरेका हुन्।
डा आचार्यले प्रश्न गरेका छन्, ‘यसो भनेर नेपालमा अब कुनै अमुक देशले जे चाह्यो त्यहि गर्न सक्छ भनेर सन्देश दिन खोजिएको हो र ?’
डा आचार्यले यस्तो ‘राजनीतिक–नालायकी’ तुरुन्त बन्द गरौं भनेर सार्बजनिक आह्वान गरेका छन् ।
स्वच्छ छविका डा आचार्यको ट्वीटः ‘एमसिसी अस्वीकृत गरियो भने नेपाल ठूलो संकटमा फँस्छ’ भनेर सरकार भित्र र बाहिरका जिम्मेबार व्यक्तिहरू ले नै जोडतोडका साथ प्रचार गर्दैछन्।
यसो भनेर नेपालमा अब कुनै अमुक देशले जे चाह्यो त्यहि गर्न सक्छ भनेर सन्देश दिन खोजिएको हो र ? यस्तो ‘राजनीतिक–नालायकी’ तुरुन्त बन्द गरौं।