राजनीति

प्रधानमन्त्री देउवाले एमसीसी पास गराउने अन्तिम प्रयास यसरी पार्दैछन् सफल

१५ फागुन, कोलम्बो । पटक पटक सरेको संसद बैठक शुक्रबार आज आईतबारका लागि बोलाईएको छ । आजको संसद बैठक पुन सर्ने वा नसर्ने बैठक शुरु हुनु केहीबेर अगाडीमात्र जानकारी हुनेछ । काँग्रेस एमाले, काँग्रेस एकीकृत समाजबादी, कँँाग्रेस माओबादी का वान टुवा बैठक वा काँग्रेस–माओबादी केन्द्र–एकीकृत समाजबादी गठबन्धन बैठकहरुले ठोस निस्कर्ष निकाल्न सकेका छैनन् ।

जे होस् पछिल्ला राजनीतिक विकासक्रमलाई हेर्दा एमसीसी पास हुने वा नहुने फरक भएपनि नेकपा एमाले, माओबादी केन्द्र र एकीकृत समाजबादी एमसीसी पास गर्न भित्री रुपमा सहमती भईसकेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नी साप्कोटालाई महाअभियोग लगाउनेलगायतका कुराहरु भन्दै संसद बैठक बस्ने वातावरण बनाउन माग गरेको छ भने माओबादी केन्द्र र एकीकृत समाजबादी जनतासँगको दुरी घट्दै आगाडी निर्बाचनमा हार्ने डरले भन्न सकेका छैनन् भन्ने राजनीतिक बिश्लेशकहरुका टिप्पणीहरु आईरहेका छन् ।

गठबन्धनको पछिल्लो बैठकमा माओबादी केन्द्र र एकीकृत समाजबामदीले एमसीसी पास गरेपनि यसो भनेर पास गर्ने रणनीति अप्नाएका छन्‘ ‘पूरक प्रस्तावमा एमसीसी सहयोग विकास अनुदान हो । यो हिन्द प्रशान्त रणनीति तथा अन्य कुनै सैन्य संगठनको अंग होइन । कुनै पनि अवस्थामा नेपालको कानुन सर्वोच्च हुनेछ भनेर स्पष्ट घोषणा गरिनेछ । यी सर्तबाट फरक गतिविधि भए सम्झौता स्वतः भंग हुनेछ भन्ने घोषणासहित प्रस्ताव तयार भइरहेको छ,’
एमसीसी जनतालाई झुक्यायने अश्त्र बनाउनु हुन्न भन्ने अर्थबिदहरुको तर्क तीब्र रुपमा उठेपछि पनि जिम्मेवार राजनीतिक दलहरु यसको बिषयमा किनारा लगायन लागि परेका छन्। आजको बैठक समयमा भएन भनेपनि एमसीसी पास गर्ने माहौल तयार हुँदै गएको अवस्था पछिल्लो समय देखिएको छ ।
पटक–पटक एमसीसी राम्रो छ पास गर्दा देशलाई फाईदा हुन्छ भनेर सार्बजनिक अभिब्यक्ती दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म सर्बसम्मत रुपमाट, त्यो भएन भने मुख्य राजनीतिक दलहरुको सहमतीबाट र तयो पनि भएन भने बहुमतबाट एमसीसी पास गर्न लागि परेको गृहकार्य सफलतातर्फ अगाडी बडेको पछिल्ला राजनीतिक बैठकबाट देखिने नेपालका मुख्या मिडियाहरुलेसमेत बताईसकेका छन् ।

पटक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवासका काँग्रेसका उच्च नेतृत्वसहित गईसकेका छन् भने गठबन्धनको बैठक त दिनहुँजसो राखिरहेका छन् निष्कर्स ननिस्किएको भएपनि एमसस्सी पासतर्फ सबैको धयन केन्द्रीत हुने अनुमान सबैले लगाउन थालेका छन् ।