राजनीति

म एक देश भक्त नागरीक हुँ, खोक्रो राष्ट्रवादको नसामा छैनः मन्त्री झाँक्री

१६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजबादीकी केन्द्रीय सदस्य एबम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले म एक देश भक्त नागरीक हुँ, यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु भनेकी छन् ।
एमसीसीको ब्याख्यात्मक टिप्पणीसहित समर्थनमा उत्रिएको नेकपा एकीकृत समाजबादीको पक्षमा वकालत गर्दै स्पष्टसँग भनेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन ।’
उनले थपिन्, ‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला। पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो।’

उनको ट्वीटः तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला। पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो। म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ। यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु।