आर्थिक

महालक्ष्मी विकास बैंकद्वारा मानव धर्म सेवालाई १५५ थान कुर्सी प्रदान

१६ फागुन, काठमाडौं । महालक्ष्मी बिकास बैक पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा मिति २०७८ फाल्गुण १६ गते गौसाला स्थित नेपाल मानब धर्म सेबा समितीलाई १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ । बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । हिन्दुहरुको महान उत्सव महाशिवरात्रिको पुर्वसन्ध्यामा नेपाल मानब धर्म सेबा समितीलाई कुर्सी हस्तान्तरण गरिएको छ । उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेबा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरे । महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलोहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुईकेलले जानकारी गराए । महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ । कोभिड ̵ १९ को जोखमिलाई न्युनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सूरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।