आर्थिक

सानिमा बैंक अब काभ्रेको पाँचखाल, तामाघाटमा

१६ फागुन, काठमाडौं । सानिमा बैंक लिमिटेडले आज काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरे ।
समुद्घाटन् समारोहमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पाँचखालको तामाघाटमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १०४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।