आर्थिक

अधुरा योजनाका लागि समपूरक बजेट


१९ फागुन, बमगमती । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं  आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए ।

साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको  मापदण्ड २०७८ पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको प्रवक्ता खनालले बताए । त्यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय गरेको  बताइएको छ ।