खेलकुद

नेक्सस र मनकामनाबिच उपाधी भिडन्त हुने

१९ फागुन, काठमाडौं । नेक्सस स्कुल र मनकामना स्कुल छैटौं अर्किड कप सेभेन ए साइड अन्तरबिद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा बिहिबार फाइनल प्रवेश गरेका छन् ।

काँडाघारीस्थित अर्किड स्कुलको आयोजनामा भएको प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा नेक्ससले केभिएसलाई २–१ गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । नेक्ससको जितमा अमिष थापामगरले २ गोल गरे । केभिएसका लागि रोजल कार्कीले १ गोल फर्काए पनि हारलाई टार्न सकेनन् ।
प्रतियोगितामा केभिएसका बिशाल दर्नाल म्यान अफ द म्याच घोषित भए । अव नेक्ससले उपाधीका लागि मनकामना संग प्रतिस्पर्धा गर्नेछ ।
अर्को सेमिफाईनल खेलमा मनकामना स्कुलले टाई ब्रेकरमा अक्क्षरिकालाई ११–१० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
निर्धारित समय सम्म खेल १–१ गोलको बराबरीमा समाप्त भए पछि खेलको छिनोफानो टाईब्रेकरमा भएको थियो । मनकामनाका मानव बोमजन र अक्क्षरिकाका रविन मगरले गोल गरेका थिए । अक्क्षरिकाका राज श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाईनल खेल भब्यताकाबिच सम्पन्न हुने आयोजकले जनाएका छन् ।