राजनीति

सरकारले कर्मचारीको हितमा काम गर्न कुनै कन्जुस्याईँ गर्दैनः प्रधानमन्त्री

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी समायोजनमा देखिएका समस्या क्रमसः समाधान गर्दै लैजाने बताएका छन् ।
उनले आज काँग्रेस निकट कर्मचारी यूनियनको काठमाडौंमा भएको अधिवेशनमा बोल्दै निजामती कर्मचारी सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने भन्दै सरकारले सधैं कर्मचारीको हीतमा काम गर्न कन्जुस्याई नगर्ने बताए ।
निजामती कर्मचारी यूनियनका अध्यक्ष गोपाल प्रसाद पोख्रेलले छिटोभन्दा छिटो कर्मचारी समायोजनकान समस्या समाधान र सेवा एन लागू गर्नुपर्ने बताएका थिए ।