राजनीति

नेपाललाई बिदेशी शक्ती राष्ट्रहरुको चलेखेलको इशारामा चल्ने खतराबाट मुक्त पार्न जरुरीः अध्यक्ष थापा

२१ फागुन, काठमाडौं । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले नेपाल अब शक्ती राष्ट्रहरुको चेपुवामा पर्न लागेको बताएका छन् ।
उनले प्रजातान्त्रीक युवक संगठनको कार्यक्रममा बोल्दै एमसीसी पास गर्न अमेरीकाले दबाब दिएको र चीनले रोक्न खोजेको बिषयलाई स्मरण गराउँदै नेपाल शक्री राष्ट्रहरुको चेपुवामा पर्न सक्ने खतरा भएको औंल्याएका छन् ।
अध्यक्ष थापाले ‘सबभन्दा डरलाग्ने र खतरा कुरा के भने नेपाल विस्तारै विश्व महाशक्तिको चलखेलको केन्द्र बन्न लागेको स्पष्ट हुन्छ । यही एमसीसीको कुरा गर्दा अमेरिकी पदाधिकारीहरु भन्छन्– चाँडो भन चाँडो निर्णय गर, नभए खारेज गर्छौं । चीनका पदाधिकारीहरु भन्छन्– जबर्जस्ती अनुदान दिनु हुँदैन । नेपालले अनुदान लिने वा नलिने कुरा हामीले निर्णय गर्ने कुरा हो । देशलाई हित हुन्छ भने लिन्छौं, हुँदैन भने हामी लिँदैनौं । तर विदेशी शक्तिको दवाव र प्रभाव हाम्रो राजनीतिक दलका नेताहरुलाई परिरहेको छ । यसले नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमिकतामाथि पनि गम्भीर प्रश्न खडा भएको छ,’ भनेका छन् ।
कार्यक्रममा बोल्दै नेपालका राजनीतिक दलहरु नेपाल र नेपाली जनताप्रति उत्तरदायी हुनुपर्नेमा बिदेशीको इशारामा चलेको भन्द्यै असन्तुष्टी पोखेका थिए ।