मनोरञ्जन

म्युजिक भिडियोमा राजेशपायल राईको ‘हौवा हौ दर्शन नमस्ते’

२३ फागुन, धरान । गायक राजेशपायल राईको ‘दर्शन नमस्ते’ सिरिजका गीतहरुको शृंखलामा नयाँ गीत ‘हौवा हौ दर्शन नमस्ते’ थपिएको छ। चाम्लिङ्ग राई भाषाबाट सापट लिइएको ‘हौवा हौ’ को अर्थ नमस्ते हो र छ महिना अगाडी नै स्टुडियो भिडियो रिलिज गरिएको गीत जनजिब्रोमा झुण्डीसकेको छ।
अहिले भने अफिसियल भिडियोको रुपमा रिलिज गरिएको छ। चर्चित हाँस्य कलाकार तथा निर्देशक विल्सन बिक्रम राईको निर्देशनमा तयार भएको भिडियोमा विल्सन संगै रजनी गुरुङ्गको अभिनय देख्न सकिन्छ। कमल राईको नृत्य निर्देशन , बिक्रम डिसीको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको गीतको संगीत संयोजन देबेश राईको रहेको छ भने बिक्रम राइको संगीत तथा बिकाश संगम राईको शब्दमा गीत तयार भएको हो। शुक्रबार रिलिज गरिएको हौवा हौ को म्युजिक भिडिओ पनि अहिले युट्युब ट्रेन्डिंगमा परेको छ।
म्युजिक भिडियो लिंकः