२७ फागुन, काठमाण्डौं । नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी NEPALPAY QR केही बैंक वित्तीय संस्थाहरुको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको छ । उक्त NEPALPAY QR को औपचारिक थालनीको घोषणा आज NCHL ले केही बैंक वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकसँगको संयुक्त प्रेस मीट कार्यक्रमको आयोजना गरी गरिएको हो । प्रेस मीटमा हिमालयन बैंक लि का प्रमुख कार्यकारी अधिकृत अशोक राणा, सानिमा बैंक प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे, एन.आइ.सी. एशिया बैंकका चिफ स्टे«टजी अफिसर विशाल सिग्देल, कामना सेवा विकास बैंकका प्रमुख बिजनेस अधिकृत घन श्याम ढुङ्गेल, समृद्धि फाइनान्स कम्पनी लि. का चिफ मेनेजर बिनोद राज पौडेल, फोकसवान सोलुसन्स् प्रा लि का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी तथा नेपाल क्लियरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य पदाधिकारी एवम् मिडिया तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी NEPALPAY QR सञ्चालनमा ल्याइएको हो । QR स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त NEPALPAY QR ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । यसरी अन्तर आबद्धता कायम गर्न सकिने हुँदा उक्त NEPALPAY QR ले नेपालमा त्तच् बाट हुने भुक्तानीलाई थप प्रवद्र्घन र सहज गर्ने अपेक्षा गरिएको छ । प्रेस मीटमा उपस्थित रहेका बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरुले NEPALPAY QR को प्रवद्र्घन तथा स्वीकार्यता बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
हाल सम्म हिमालय बैंक, सानिमा बैंक, समृद्धि फाइनान्स, connectIPS लगायतका मोबाईल एपबाट QR स्क्यान गरी कारोबार गर्न सकिने छ । यी सबै गरी कुल १४ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् जसले सोझै यो सेवा प्राप्त गर्न सक्दछन् । साथै ल्भ्एीब्एब्थ् त्तच् को पूर्वाधारमा हिमालय बैंक, एन.आइ.सी. एशिया बैंक, कामना सेवा विकास बैंक, समृद्धि फाइनान्स र फोकसवान सोलुसनस् मार्फत QR acquire को कार्य पनि सुरु भइसकेको छ । हिमालयन बैंक र फोकसवान सोलुसन्स् बीचभने मर्चेन्ट स्तरको अन्तरआबद्धता कायम गर्ने गरी व्यवस्था मिलाएकोे छ, जस अन्तर्गत एउटै QR लाई स्क्यान गरी VISA, Union Pay, AliPay, NEPALPAY QR लगायतका विभिन्न नेटवर्कबाट भुक्तानी गर्न सकिन्छ । हाल उक्त बैंक वित्तीय संस्था र एक्ए ले NEPALPAY QR मा पाँच हजार भन्दा बढी मर्चेन्टहरु आवद्ध गरिसकेका छन् ।
नेपाल सरकारको राजस्व भुक्तानी समेत त्तच् बाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत NEPALPAY QR थप गरिएको छ, जस अन्र्गत उक्त त्तच् स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्टआइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने भएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत विभिन्न सेवा तथा उपकरणहरु सञ्चालन गर्न एनसीएचएलले बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुसँग आवश्यक सहकार्यगर्दै आएको छ । जसका निम्ती ४० बैंक वित्तीय संस्था र ६ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् भने अन्य संस्थाहरु पनि आबद्ध हुने क्रममा रहेका छन् र क्रमिक रुपमा सबै बैंक वित्तीय संस्थाहरु संचालनमा आउने क्रममा रहेका छन् ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत NEPALPAY QR, लगायत भर्चुअल पेमेन्ट एडरेसको आधारमा गरिने फण्ड ट्रान्सफर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे, Account tokenization र सेवा बापतको भुक्तानी अन्तरआबद्धता, वालेट–टु–वालेट ट्रान्स्फर र पिएसओ सेटलमेन्ट जस्ता विभिन्न सेवा तथा उपकरणहरु उपलब्ध रहेका छन् ।





