२८ फागुन, काठमाडौँ । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहालले नुवाकोटकोे एक कार्यक्रममा एमसीसी र स्थानीय तहको निर्बाचनको बिषयमा बोलेका छन् ।
उनले उक्त कार्यक्रममा बोल्दै माओबादी गठबन्धन गरेर भन्दा एक्लै स्थानीय तहको निर्बाचनमा भाग लिन चाहेको बताएका छन् ।
उनले कार्यकर्ताहरुकाबीच बोल्दै पार्टीको नीति एक्लै निर्बाचन लड्ने भएपनि उक्त निर्बाचनमा गठबन्धन गर्नुपर्ने भएमा अहिले सरकार बनेकै काँग्रेस, एकीकृत समाजबादीलगायतको गठबन्धनसंग मिलेर जान सकिने बिचार राखेका हुन् ।
अध्यक्ष दहालले एमसीसी पास गर्दा ब्याख्यात्मक टिप्पणी गरेर सहमती गरेकाले माओबादीले एमसीसी पास गर्यो भन्नु गलत भएको बताए । उनले केही माओबादीका नेता कार्यकर्ता एमसीसीको बिषयमा चित्त नबुझेर एमाले प्रवेश गरेको बिचार ब्यक्त गर्दै बुझेपछि सबैले थाहा पाउने बताए ।





