३० फागुन, नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको स्वास्थ्यलाभको कामना गरेका छन। पूर्वराष्ट्रपति ओबामालाई आइतबार कोभिड-१९ सङ्क्रमित भएको हो । उनको घाटीमा सामन्य सङ्क्रमण देखिए पनि अन्य स्वास्थ्य अवस्था भने सामान्य छ।
प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत ओबामाको शीघ्र स्वास्थ्यलाभका निम्ति शुभकामना व्यक्त गरेका हुन । पूर्वराष्ट्रपति ओबामाले आइतबार गरिएको स्वास्थ्य परीक्षणमा आफू कोभिड सङ्क्रमित देखिएको तर आफ्नी पत्नी मिशेल ओबामा भने सङ्क्रमित नदेखिएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन।





