मनोरञ्जन

गायक सनिश श्रेष्ठको ‘फलिङ फर यु’ सार्वजनिक

२ चैत, काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतवद्द गरेका हुन् । जावेद खानले छायाँकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ फिचर्ड छन्।

लुपी इन्टरटेन्मेण्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह(निर्माता हुन्। निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।