आर्थिक

अब बैंक अफ काठमाण्डूद्वारा हेल्पलाईन सेवा


८ चैत, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ ।
बैंकले आफ्नो ग्राहक महानुभावहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।
बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।