राजनीति

गुरुराज घिमिरेको देउवातर्फ ब्यंग्यः नेपाली कांग्रेस कसैको निजी प्रभाव क्षेत्र होइन

१० चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेस कसैको निजी प्रभाव क्षेत्र होइन भनेका छन् । नेविसंघ र तरुण दलमा एकलौटी निर्णय भएको भन्दै साँकेतिक रुपमा नेता घिमिरेले काँग्रेस सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै ब्यंग्य गरेका हुन् ।
उनले भनेका छन्, ‘यो कसैको बपौति या निजी उद्दम पनि होइन। कार्यसम्पादन समितिको निर्णय अनुरुप सामान्य परामर्श समेत नगरी भ्रातृ संगठन गठनको घोषणा गर्नुलाई स्वेच्छाचार बाहेक केही भन्न सकिन्न।’
नेता घिमिरेले ट्वीट गर्दै भनेका छन्, ‘लोकतन्त्र भनेको सहअस्तित्व हो।सहअस्तित्व अस्विकार गर्नु लोकतन्त्रको मर्म बिपरित हो।’

उनको ट्वीटः नेपाली कांग्रेस कसैको निजी प्रभाव क्षेत्र होइन। यो कसैको बपौति या निजी उद्दम पनि होइन। कार्यसम्पादन समितिको निर्णय अनुरुप सामान्य परामर्श समेत नगरी भ्रातृ संगठन गठनको घोषणा गर्नुलाई स्वेच्छाचार बाहेक केही भन्न सकिन्न।लोकतन्त्र भनेको सहअस्तित्व हो।सहअस्तित्व अस्विकार गर्नु लोकतन्त्रको मर्म बिपरित हो।