राजनीति

कांग्रेसले कसैसँग गठबन्धन गर्नु आत्महत्या सरह होः नेता घिमिरे

१५ चैत, काठमाडौं । नेपाली कााग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसले कसैसँग गठबन्धन गर्नु आत्महत्या सरह हो भनेका छन् ।
उनले फेसबुक स्टाटस् लेख्दै स्थानीय आवश्यकता हेरी स्वतःस्फूर्त तालमेल हुनसक्छ तर यो अधिकार स्थानीय तहलाई दिनुपर्छ, केन्द्रले तोक्नु हुदैन भनेका छन् ।
नेता घिमिरेले इतिहासमा आएका मौका या प्राप्त अवसरलाई नबुझ्ने हो भने भविष्यमा गुनासो गर्न पाइने छैन भन्ने तर्कसहित स्थानीय तहमा गर्न लागिएको गठबन्धनका बिषयमा बिचार पश्तुत गरेका हुन् ।

नेता घिमिरेको स्टाटस्ः इतिहासमा आएका मौका या प्राप्त अवसरलाई नबुझ्ने हो भने भविष्यमा गुनासो गर्न पाइने छैन। कांग्रेसले कसैसँग गठबन्धन गर्नु आत्महत्या सरह हो। स्थानीय आवश्यकता हेरी स्वतःस्फूर्त तालमेल हुनसक्छ। तर यो अधिकार स्थानीय तहलाई दिनुपर्छ, केन्द्रले तोक्नु हुदैन !