राजनीति

उपसभापति गुरुङको आह्वानः मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध अभियान चलाऔं, मबाट सुरु गरौं

१५ चैत, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध अभियान चलाऔं, मबाट सुरु गरौं भन्दै आह्वान गरेका छन् ।
उपसभापति गुरुङले आजको नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै २०४६ सालपछिका गाविस अध्यक्ष,उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद,मन्त्री, प्रधानमन्त्री, उच्च पदका कर्माचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानवीन गरेर मुलुकमा व्याप्त भ्रष्टाचार बिरुद्ध अभियान चलाऔं भन्ने प्रस्तावसहितको बिचार राखेका छन् ।
उनले त्यसपछि कांग्रेस जित्छ। सम्पत्ति छानवीनको सुरुवात मेरैबाट गरियोस् भन्ने माग गरेका छन् ।नेपाली काँग्रेस नेतृत्वको सरकारले२०७९ साल बैसाख ३० गतेका लागि स्थान्ीय तहको निर्बाचनको मिति तोकेको अवस्थामा नेता गुरुङको महत्वपूर्ण अभिब्यक्त आएको हो ।