प्रदेश 1

स्थानीय तहको निर्बाचनले तात्यो सुनसरी, यस्ता छन् सम्भाबित काँग्रेस उम्मेद्वार !

१७ चैत, इटहरी । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बैसाख ३०, २०७९ मा स्थानीय तहको निर्बाचन घोषणा गरिसकेको छ ।
नेपाली काँग्रेस नेकपा एमाले, माओबादी केन्द्र, एकीकृत समाजबादी, राप्रपा, राप्रपा नेपाल, संघीय समाजबादीलगायतका पार्टीहरु स्थानीय तहको निर्बाचनमा आफ्ना पार्टीका उम्मेद्वार बनाउन लागि परिरहेका छन् ।
यसै क्रममा नेपाली काँग्रेसको २०७४ सालको स्थानीय तहको निर्बाचनमा १२ वटा स्थानीय तहमध्ये ९ वटामा बिजय हाँशिल गर्न सफल जिल्ला सुनसरीमा पनि स्थानीय तह निर्बाचनको सारगर्मी बढेको छ ।
प्रतिनिधि सभामा ४ मध्ये ३ क्षेत्रमा बिजय हाँशिल गरेको सुनसरीमा धरान र इटहरी उपमहानगरपालीका, रामधुनी भाषी नगरपालीका, इनरुवा, दुहबी, बराहक्षेत्र नगरपालीका र गढी, बर्जु, देवानगंज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालीका गरी १२ स्थानीय तह रहेका छन् ।
धरान उपमहानगरमा सुजेन्द्र तामाङ, तिलक राई, उमेश थापा, किशोर राई, श्याम पोख्रेल, श्यामा रेग्मी, सुरज श्रेष्ठ, अजय राईले नेपाली काँग्रेसको मेयरमा दाबी गर्दै आन्तरिक बैठकहरुमा धाईरहेका छन् । इटहरी उपमहानगरमा हेमकर्ण पौडेल, रोहीत प्रशाईं, बिकास केसी, भीम पौडेल सम्भाबित रहेका छन् ।
इनरुवा नगरपालीकामा केदार भण्डारी, राजन मेहता, योगेन्द्र प्रसाद मेहता, दुहबीमा बेद नारायण गच्छदार, कुमार थापा, प्रदीप चौधरी रहेका छन् । राजन मेहता इनरुवाका बर्तमान मेयर हुन् भने नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा बिजय भएका केदार भण्डारीको इनरुवामा टिकट पाउने सम्भावना बलियो रहेको छ ।
बराहक्षेत्र नगरमा बाबुराम बिष्ट, कालुराम चौधरी, दिपेशजंग बस्नेत, अनु गुरुगं, रमेश काफ्ले, रमेश कार्की, सुरेन्द्र गुप्तालगायत रहेका छन् । सुनसरी काठमाडौ काँग्रेस सभापति बाबुराम आचार्यले सर्बसम्मत रुपमा पार्टीले सिफारिस गराएमा मात्र बराहक्षेत्र नगरको मेयर उठ्ने भनेका छन् ।
रामधुनी नगरमा भाषी नगरमा जय प्रकाश चौधरी, सुदीप अधिकारी, बद्रीनारायण चौधरी, सगेन चौधरीलगायतको चर्चा छ ।
गढी गाँउपालीकामा बिरेन्द्र शाह, श्रीप्रसाद यादब, बीर नारायण चौधरी, कमल नारायण चौधरी रहेका छन् । बर्जु गाँउपालीकामा रघुनन्दन चौधरी, इस्रायल म न्सुरी, कृष्ण संग्रौला रहेका छन् । देवानगञ्ज गाँउपालीकामा लाली प्रसाद मेहता, श्यामलाल मेहता, बद्री यादब, हरिनगर गााउपालीका गफार अन्सारी, हेमनारायण मेहता, नुनु मिया, रामानन्द पण्डित, भोक्राहा नरसिंहमा युवराज दहाल, अज्मल अख्तर, शत्रुधन यादब रहेका छन् । कोशी गाँउपालीकामा राजु शाह, षढानन्द मण्डल, अयुव अन्सारीलगायतको चर्चा छ । अयुव अन्सारी सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति र कोशी गाँउपालीकाका अध्यक्षसमेत हुन् ।