आर्थिक

कामना सेवा विकास बैंकद्वारा छैठौं र सातौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन


१७ चैत, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैठौं र सातौं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे न. पा. वडा नं. ०९ को आर. के. मोवायल सर्भिस सेन्टरमा छैठौं शाखा रहित बैंकिङ सेवा र लेटाङ वडा नं. ०९ मदनचोक को ए . वि. मेडिकल हलमा सातौं शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले आर. के. मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले ए . वि. मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख खिमलाल भुषाल, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।