आर्थिक

अब कुमारी बैंक २१ औं वर्षमा प्रवेश गर्दै


१८ चैत, काठमाडौँ । कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ ।
यस बैंक द्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ। ‘‘यस कार्यलाई ग्राहकवर्गले सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा बैंकले गरेको छ।’’

यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले उल्लेखित अभियानहरू प्रस्तुत गरेको छ, जस अन्र्तगत डेबिट र क्रेडिट कार्डको हकमा, पहिलो पटक Mobile Top Up वा पहिलो  QR भुक्तानी गर्दा, हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने र लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण रहेका छन् ।