प्रदेश 2

प्रगतिशील लेखक सङ्घ गठन


१९ चैत, सप्तरी । प्रगतिशील लेखक सङ्घ (प्रलेस) सप्तरी शाखाको दोस्रो जिल्ला सम्मेलनले मेघराज पौड्यालको अध्यक्षतामा १३ सदस्य नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा ईश्वरीप्रसाद नेपाल र कोषाध्यक्षमा गिरीराज पौडेल तथा सदस्यहरूमा मनोहर पोखरेल, सुमित्रा दास, किशोर चौधरी, इन्द्रबहादुर थापा, अभित चौधरी, जयराम मण्डल र बैजनाथ यादव निर्वाचित भएका छन ।

सम्मेलन शुभारम्भ गर्दै नेकपा (एमाले) केन्द्रीय सदस्य दिवाकर देवकोटाले देशमा पश्चिमा संस्कृति र यथास्थितिवादी संस्कृति हाबी रहेकाले त्यस विरुद्ध प्रगतिशील लेखकहरू अग्रसर हुनुपर्नेमा जोड दिए । प्रतिनिधिसभा सदस्य सरीता गिरीले समाज परिवर्तका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भन्दै सांस्कृतिक जागरणका लागि प्रगतिवादी आन्दोलन आवश्यक रहेको बताए ।

कञ्चनरूप नगरपालिका प्रमुख वसन्त कुमारले राजनीतिक दलका नेताहरूलाई सही बाटो हिँडाउनका लागि लेखक र साहित्यकारहरूले खबरदारी गरिरहनुपर्ने बताए।