प्रदेश 1

काँग्रेसले अधिकाँस स्थानीय तहका स्थानमा युवालाई नै टिकट दिन्छः नेता कोईराला

२२ चैत, इटहरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोईरालाले घर घर जाँउ काँग्रेस जिताउँ अभियानको अर्थ टोल सुधार समिति एउटा टोलमा कम्तिमा १० घर वा ५० जनामा गएर काँग्रेसलाई जिताउँन आग्रह गर्ने रहेको बताए । उनले एमाले, राप्रपा वा जोकोही नयाँ मान्छेलाई भेटेर काँग्रेसलाई मतदान गर्न कन्भिन्स गर्नुपर्ने बताएका छन् ।
उनले सुनसरीको इटहरी उपमहानगरको एक कार्यक्रममा बोल्दै घर घर जाउँ काँग्रेस जिताउँमा पुराना कार्यकर्ता र कृयाशील सदस्यमात्र भेट्दा अभियान प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ ।
प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलका नेतासमेत रहेका कोईरालाले इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउने कुरालाई प्रदेश नम्बर १ ले ध्यानमा राखेको भन्दै इटहरीलाई राजधानी बनाउने कुरा बाईपास नगरेको दाबी गरेका छन् ।
तालतलैया भनेको इटहरीको गहना भएको भन्दै इटहरीको ब्यापारीक क्षेत्रमा पछि प्रदेश नम्बर १ मा राम्रो भूमिका भएको दाबी गरे ।
नेपालमा कर्मचारीले सामान्य मान्छेलाई नपत्याउने भन्दै सबैले पद भएको, राम्रो मान्छेको पछिमात्रै लाग्ने परम्परा हुनु राम्रो नहुने बताए । उनले इटहरी सौन्दर्य शहर भएको बताउँदै धरानका तिलक राई, कोशीका अयुव अन्सारी, दुहबीका बेद गच्छदारलगायत काँग्रेसले सुनसरीमा युवालाई नै टिकट दिएको दाबी गरे । लाली प्रसाद मेहता र जय प्रकाश चौधरीलाई अनुभवका आधारमा सम्मान गरेको भन्दै अधिकाँस स्थानमा काँग्रेसले युवालाई नै पत्याएको बताएका छन् ।
नेता कोईरालाले समूह उपसमूहको राजनीति भन्दा नेपाली काँग्रेसका उम्मेद्वारलाई विजय गराउँन काँग्रेस बिना हिच्किचाहट लाग्नुपर्ने भन्दै बिजय भएका पुराना उम्मेद्वारले ५ बर्षमा के के काग गरे भन्दै मतदाता तथा कार्यकर्ताले प्रश्न सोधेर अगाडी बढ्नुपर्ने बताए ।