प्रदेश 1

रोहीत प्रसाईद्वारा प्रेस युनियन सुनसरीलाई भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान

२२ चैत, इटहरी । इटहरी निवासी समाजसेवी प्रसाईले सोमबार एक कार्यक्रमका बीच इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली काँग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका हुन्।

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बनिसेका काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले प्रेस युनियन नेपाली काँग्रेसको शुवेक्छुक संस्था भएकाले युनियनलाई आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्नका लागि आफ्ना स्वर्गीय आमा बुबाको स्मृतिमा जग्गा प्रदान गरेको बताए ।
उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्माण गरिसक्नुपर्ने बताए । आफूले मन जितेर जग्गा दिएका कारण चाँडै भवन निर्माण गर्न सुझाव दिएका छन् त्यसका लागि आफूले थप सहयोग गर्ने पनि बताएका छन् ।
उनले नेपाली काँग्रेसलाई तीनै तहमा निर्वाचित गराएको खण्डमा विकास निर्माणका कामले तीव्रता पाउने पनि बताएका छन् । उनले भने, ‘ पत्रकारिता क्षेत्र जनतालाई सुसूचित गर्ने क्षेत्र भएकाले यहाँका गतिविधि आम मानिसले थाहा पाउनुपर्ने गरी पत्रकारहरूले काम गरिरहेकाले खुसी पनि लागेको छ ।’

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताए । उनले भनेका छन् , ‘नक्सा बनाउने काम भइरहेको छ, दुई वर्षभित्रमा भवन सक्ने गरी काम सुरु गर्छौँ ।’

सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि बिभिन्न समाजसेवीहरुले अन्य सहयोग गरेका थिए ।