२३ चैत, काठमाण्डौ । ज्योति विकास बैंकले इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।
इलाम नगरपालिका ७- इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए। उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो। यसका साथै बैंकले लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि: शुल्क डिम्याट खाता, नि: शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाईल बैंकिङ्ग सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ्ग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।





