२४ चैत, काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा. ली ले यहि मिती २०७८ चैत्र २२ गते जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (JALSAN) सँगको सहकार्यमा “Students Meet 2022” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा (JALSAN) सँग आवद्य ४० भन्दा बढि Educational Consultancy हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।
सोहि कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतिको बारेमा जानकारी दिनुको साथसाथै जापान पुगे पश्चात आफुले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन हुन उत्प्रेरित गरे ।
यसको साथसाथै उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई “सिटी आयो पुरस्कार ल्यायो” योजना अन्र्तगत जनही रु १०,००० (रु दश हजार) पुरस्कार विद्युतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले (JALSAN) सँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।





