राजनीति

मिश्रको अपीलः इमानदारीको ‘इ’, क्षमताको ‘क्ष’, सुशासनको ‘सु’, थाहा नभएकालाई भोट नदिनोस्

२५ चैत, काठमाडौं । विवेकशील साभा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले इमानदारीको ‘इ’, क्षमताको ‘क्ष’, सुशासनको ‘सु’, थाहा नभएकालाई भोट नदिनोस् भन्ने हरेक नेपालीलाई आग्रह गरेका छन् ।
उनले ट्वीट गर्दै अर्थशास्त्रको ‘अ’ नबुझ्नेलाई अर्थमन्त्री बनाउने अनि देश ‘श्रीलङ्काको बाटोमा जान लाग्यो’ भनेर गुहार गर्ने ? भन्ने मिश्रको कडा प्रश्न छ ।
उनले ट्वीटरमा लेख्दै कुटनीतिको ‘कु’, नबुझ्नेलाई राजदूत बनाउने अनि देशको सम्मान गिर्यो भनेर पीर गर्ने ? भन्दै आक्रोस पोखेका छन् ।
नेता मिश्रको ट्वीटः
अब चाहिँ…
इमानदारीको ‘इ’, क्षमताको ‘क्ष’, सुशासनको ‘सु’, थाहा नभएकालाई भोट नदिनोस्। अति भयो। अर्थशास्त्रको ‘अ’ नबुझ्नेलाई अर्थमन्त्री बनाउने अनि देश ‘श्रीलङ्काको बाटोमा जान लाग्यो’ भनेर गुहार गर्ने ? कुटनीतिको ‘कु’, नबुझ्नेलाई राजदूत बनाउने अनि देशको सम्मान गिर्यो भनेर पीर गर्ने ?