मनोरञ्जन

निमाको  ‘रेशमैको डोरी’मा बिक्रम र उषा


२६ चैत, काठमाण्डौ । काठमाडौँ । गायक निमा शेर्पाको स्वर रहेको  ‘रेशमैको डोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । टिकटकबाट भाइरल भएकी सुन्दरी मोडल उषा उप्रेती र बिक्रम बुढाथोकीको अभिनय रहेको छ ।

गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना रहेको गीतको भिडियोमा एक प्रेमील जोडीले हाँशीखुशी एकसाथ जिन्दगी बिताउने विश्वास लिएको कुरालाई भिडियोमा निर्देशक बिक्रम चौहानले कलात्मक शैलीमा तयार पारेका छन् । शाहस शाक्यको एरेन्ज रहेको उक्त्त गीतको भिडियो छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका हुन् ।