पर्यटन/संस्कृति

अन्नपूर्ण केवलकारका यात्रुलाई जोशी क्याफेको नयाँ वर्ष अफर

२८ चैत, काठमाण्डौ । पोखरा सराङ्कोट स्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले नयाँ वर्ष २०७९ साललाई स्वागत गर्दै २०७८ साललाई अविश्मरणीय एवं मनोरन्जनात्मक रुपले विदाई गर्न यही चैत्र २९, ३० र नयाँ वर्ष वैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवा सुविधा तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुती रहने जनाएको छ । काठमाण्डौंमा रहेको जोशी क्याफेको दुई वटा आउटलेट मार्फत प्रवाह गरिरहेको सेवासुविधाबाट उपभोक्ताहरु माझ उत्कृष्ट छाप पार्न सफल क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यका बाहिर पहिलो शाखा मुलुककै पर्यटकीय नगरी पोखरामा सेवा सुरुवातको पूर्व सन्ध्यामा पोखरेलीबासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई क्याफेबाट दिईने सेवा सुविधाको विषेश अवसरको लागि क्याफेले कार्यक्रम गर्न लागेको हो ।