पर्यटन/संस्कृति

पोखरामा फेवा महोत्सवको प्रमुख आकर्षण, अन्नपूर्ण केबलकार

२८ चैत, काठमाण्डौ । “पोखरामा थप एक दिन” भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार, पोखरा सेदिबगर देखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेशन सराङकोटमा अवस्थित अन्नपूर्ण केबलकारलाई मुख्य आकर्षण बनाई आगन्तुकहरुको मन जित्न तत्पर भई नयाँ वर्षको पूर्व सन्ध्यामा होटल एशोसियसन पोखराले थप एक दिन फेवा महोत्सव आयोजना गरेको छ । यो वर्ष फेवा महोत्सवमा पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ्रे हिमालको श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुबिधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लायएरको समेत साहसिक अनुभव लिन सक्ने जनाएको छ । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको हो ।