प्रदेश 2

मधेश प्रदेश : अध्ययन समितिको प्रतिवेदन पेस


२८ चैत, जनकपुर । प्रदेश विश्वविद्यालयसम्बन्धी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा समितिका सभापति शैलेन्द्रकुमार यादवले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विद्येयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विद्येयकसम्बन्धी अध्ययन प्रतिवेदन पेस गरे ।

अध्ययन समितिको प्रतिवेदन पेस भएसँगै आजको बैठक स्थागित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए। प्रदेशसभाको अर्को बैठक भोलि मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।