आर्थिक

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सम्मानित

२९ चैत, काठममाडौँ । नेपाल व्यवस्थापन संघद्वारा २६ गते होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई Outstanding Management Award 2022 बाट सम्मानित गरेको छ ।
उक्त कार्यक्रममा सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल व्यवस्थापन संघलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु¥याउनु हुने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।
उक्त समाहरोहमा श्रेष्ठले यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए । उक्त अवसरमा श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको International Brand Consulting Corporation, ले Asia’s Most Trusted Company Award 2019 / World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021 बाट समेत सम्मानित गरेको थियो ।