पर्यटन/संस्कृति

आन्तरिक उत्पादनको प्रवद्र्धन गर्न १५औैँ दरबारमार्ग महोत्वस आयोजना


३० चैत, काठमाण्डौ । आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ आगामी वैशाख ३ गते काठमाडौँको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सवको आयोजना गरिएको छ ।

कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।

  महोत्सव नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासङ्घको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको महासङ्घले जनाएको छ ।

  महोत्सवमा सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कलासंस्कृतिको प्रस्तुति, चर्चित गायक, गायिका, कलाकार तथा साङ्गीतिक समूहको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शनरप्रस्तुतिका कक्ष हुनेछन् ।