मनोरञ्जन

नयाँ वर्षमा ‘कैदीको पत्र’ को फस्र्टलुक सार्वजनिक

१ वैशाख । काठमाडौं । नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को नयाँ वर्ष ०७९ को अवसर पारेर बिहिबार फस्र्ट लुक स्वरुप तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति भने केही समयभित्रै तय गरिने भएको छ ।
साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित चलचित्रको पटकथा र सम्वाद निर्देशक सनमकुमार बैैरागले गरेका छन । सन् २०१९ को जुलाइमा स्कटल्याण्डको विभिन्न स्थानमा खिचि सुटिङ सम्पन्न भएको थियो । चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश,क्यारी डुड्स,लरेन्स वेस्टवरी,फस्तासका साथमा सुवर्ण थापा,सलिना थापामगर,कुनाल बिश्व,पृथ्वीराज खत्री,चरण प्रधान,मनिष श्रेष्ठ,प्रसुना कँडेल,सुस्मिता थापा,बिभिया श्रेष्ठ,बिजया श्रेष्ठ,कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीको अभिनय रहेको छ ।
उक्त चलचित्रमा बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्रीलाई समेत राजदुतकै भूमिकामा देख्न सकिनेछ । कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको चलचित्रमा ३५ प्रतिशत अग्रेजी भाषामा रहेको छ । चलचित्र माया,प्रेम,पारिवारिक सम्बन्ध जस्ता सम्बेदनशील विषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन् । रामेश्वर कार्कीले खिचेका चलचित्रको निर्मातामा हिराल जोशी,नानी हेरा,कैलाश विश्वकर्म र दील घले छन् ।
निर्देशक बैरागकै गीत,कबिराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको चलचित्र भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट,महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको छ ।