पर्यटन/संस्कृति

जैन समुदायद्वारा भगवान महावीर जन्मजयन्तीको भव्यताका साथ सम्पन्न

२ चैत, काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१औ जन्म जयन्ति काठमाण्डौमा भव्यताको साथ समपन्न भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यहि बैसाख १ गते पूर्व उपप्रधामन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माननिय ईश्वर पोखरेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । २६२१ औ जन्म जयन्तिको अवसरमा काठमाण्डौंमा प्रभातफेरी समेत गरिएको थियो । चैत्र शुक्ल त्रयोदशिको दिन मनाउदै आएको यस जन्मजयन्तीलाइ हर्षोैउल्लासको साथ मनाउन हरेक बर्ष देश तथा बिदेशका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा यस जन्मजयन्ति मनाउदै आइरहेको थियो । विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाइ ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन् ।
साढे १२ बर्ष सम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु जैन धर्मका प्रर्वतक तथा भगवान महावीरले ठूलो भूमिका निभाउनु भएकोे थियो ।
यस पटकको भववान महावीर स्वामीको २६२१ औ जन्मजयन्तिमा राजधानिमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा बिदेश बाट जैन धर्मका बिद्धान तथा अनुयायीको समेत बाक्लो उपस्थिति हरेको कार्यक्रम संयोजक सुमित जैनले बताउनु भयो । नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा बैसाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना भएको थियो ।