मनोरञ्जन

सत्य स्वरुपः सानी र्याँई र्याँई र्याँई’ बोलको गीत सार्वजनिक

३ वैशाख, काठमाण्डौ । देब गहतराजको प्रस्तुतीमा ‘सानी र्याँई र्याँई र्याँई’ बोलको गीत सार्वजनिक भएको छ । उनैको लेखन र सङ्गीत समेत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र अर्की चर्चित गायिका मिलन नेवारले आवाज भरेका छन् ।
नयाँ बर्ष २०७९ का प्रथम दिनको अवसर पारेर यो गीतलाई रिलिज गरिएको छ । यस गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् ।
यसको रेकर्डिङ्ग किरण बि क र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ श्यामश्वेत रसाईलीले गरेका छन् । लोक शैलीमा आधारित डान्सिङ प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ । जसलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । चर्चित गायक तथा अभिनेता प्रकाश सपूत र अर्की चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन् ।
सौरभ लामाको छायाङ्कन अनि अर्जुन जिसि को सम्पादन रहेको भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन् । भिडियोलाई सत्यःस्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।