आर्थिक

आइएमई पेबाट नयाँ योजना, हवाई टिकट काट्दा तीन सय सम्म छुट

५ बैशाख, काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू.तीन सय छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ । यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।

नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशत सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरको छ ।

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै रू. तीन सय सयअतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।