६ चैत, काठमाडौ !आज बसेको सरकार घटक गठबन्धन बैठकले धरान, इटहरी बुटवल, तुल्सीपुर नेपालगञ्ज र धनगढी लगायत सात उपमहानगरको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्ने निर्णय भएको छ । आजको निर्णय परिवर्तन नभएको अवस्थामा काङ्ग्रेसको भाग परिवर्तन नहुने बताइएको छ ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजबादीलगायत पाँच दलको गठबन्धन बैठक पुनः बस्ने पनि सरकारका प्रवक्ता एबम सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आज अपरान्हदेखि राती अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बसेको थियोे ।





