पर्यटन/संस्कृति

नयाँ एडभेन्चर शो ल्याउदै अनुप र सौगात

७ वैशाख, काठमाडौँ । पछिल्लो समय नेपालमा थुप्रै रियालटी शोहरु निर्माण भएका छन् । यस्ता शोका संचालनमा विभिन्न कलाकर्मी समेत देखिएका छन् । यस्तैमा अभिनेता अनुप विक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् । विभिन्न पर्यटन सम्बन्धि यात्रा गराउने उदेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुनेछ । शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ।आइल्यान्ड पिक’, हुम्ला’, मानव एण्ड मुस्ताब (बाइक राइड)’, रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए । स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिब टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारीक कार्यक्रम मार्फत गर्ने बताइएको छ । करिब तीन दशकदेखि ट्रेकिब र प्रर्यटन क्षेत्रमा काम गर्दै आएको टे«ेकिब टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिब , माउन्टेन क्लाम्विब, मोटरबाइकिब, माउन्टेन बाइकिबका साथै थ्रुप्रै एडभेन्चर स्पोट्सहरु खेलाउदै आएको ट्रेकिब टिमका सिइयो प्रवेश देवकोटाले बताए । शोका लागि टेलिभिजन समेत फिक्स गर्ने तरखरमा
आफु रहेको निर्देशक सौगातले बताए । शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ थपे ।इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिब भइरहेको सौगातले बताए ।’