मनोरञ्जन

केकी अधिकारीले गरिन रोहितसँग बिबाह (तस्विरसहित)

८ वैशाख, काठमाडौं । नायीका केकी अधिकारी बिबाह बन्धनमा बाँधिएकी छन् । आज उनले आज सामाजिकम सञ्जनल फेसबुकमा सार्बजनिक गर्दै बिबाह बन्धनमा बाँधिएको जानकारी दिएकी हुन् ।

उनको स्टाटस्ः आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु। जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ।
(केकी /रोहित)