९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलका निबर्तमान अध्यक्ष जीतजंग बस्नेतले काँग्रेसका देशैभरीका जिल्ला, प्रादेशीक तथा संघीय स्तरका सम्पर्क समितिको संयोजकको जिम्मेवारी पाएका छन् ।
काठमाडौं उपत्यकामा केन्द्रीय रहेर आफ्नो स्थानीय तहमा बिजय गराउन समन्वयकारी भूमिका खेल्नसक्ने नेपाली काँग्रेसका सम्पर्क समितिहरुलाई स्थानीय तह २०७९ को निर्बाचनमा परिचालन गर्ने जिम्मेवारी पाएसँगै नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका काँग्रेस नेता बस्नेत आफ्नो काममा सकृय हुन थालिसकेका छन् ।
उनले अपील गर्दै सुर्यखबरसँग भने, ‘देश र जनताको भरपर्दो एउयटामात्र पार्टी भएकाले देशभरका सबै स्थानीय तहमा काँग्रेसलाई बिजयी गराउन सबै लागौं ।’
पार्टीले उनलाई ४ वटा महत्वपूर्ण जिम्मेवारीसँगै समन्वयकारी भूमिका खेल्न संयोजकमा मनोनयन गरेको हो ।





